फोरम महाधिवेशन वैशाखमा

काठमाडौं– सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन वैशाखको अन्तिम साता हुने भएको छ । 

आज सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले वैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति तोकिए पनि स्थान भने टुङ्गो लागेको छैन । 

बैठकले प्रदेश अधिवेशनको कार्यविधि र निर्देशिका पनि पारित गरेको छ । 

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बैठकले आगामी चैत २० गतेसम्म पार्टीको प्रदेश अधिवेशन सक्ने तथा वैशाखको पहिलो हप्ताभित्र प्रादेशिक भेला गर्ने निर्णय गरेको छ । वैशाखको पहिलो हप्ता ६ वटा प्रदेश र वैशाख ९ र १० गते प्रदेशन ३ गरी सातै प्रदेशको भेला सम्पन्न गर्ने कार्यक्रम छ । 

बैठकले सरकारसँग समन्वय गर्न उपप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यमा वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रकम चेम्जोङ र रेणु कुमारी यादव र महासचिव रामप्रसाद यादव छन् । 

यससँगै बैठकले विभिन्न राजनीतिक दलसँग एकताका लागि वार्ता गर्न सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । वार्ता कार्यदलमा उपाध्यक्ष चेम्जोङ, महासचिव शाह, उपमहासचिव प्रकाश अधिकारी र सहरी विकासमन्त्री रहेका पार्टी सचिव मोहम्द इस्तियाक राई सदस्य छन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार २१:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया