१० वर्षपछि भारतले अष्ट्रेलियालाई उसकै मैदानमा हरायो

एजेन्सी– अष्ट्रेलियाको एडिलेडमा भएको पहलिो टेस्ट खेलमा भारतले अष्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । खेलको अन्तिम दिन अष्ट्रेलियाका सबै ब्याट्सम्यानले २९१ रनको योगफल जोड्न सफल भए । 

योभन्दा पहिले भारतले एडिलेडमा सन् २००३ मा टेस्ट म्याच जितेको थियो । 

भारतले यसअघि टेस्ट सिरिजमा यसअघि अष्ट्रेलियाविरुद्धको पहिलो खेल कहिल्यै पनि जितेको थिएन । यो जितसँगै भारतको यो रेकर्ड पनि टुटेको छ ।

भारतले दोस्रो पारीपछि अष्ट्रेलियालाई ३२३ रनको लक्ष्य दिएको छ । 

अष्ट्रेलियाका लागि खेलमा एस मार्सले दोस्रो पारीमा सबैभन्दा धेरै ६० रन बनाएका थिए । अन्य कोही पनि खेलाडीले ५० रन पुर्याउन सकेनन् । मार्सपछि अष्ट्रेलियाका कप्तान टिम पेनले सबैभन्दा धेरै ४१ रन बनाए । 

यो खेलमा भारतीय खेलाडी ऋषभ पन्तले ११ क्याच लिए । यो टेस्ट म्याचमा बनेको रेकर्ड हो ।





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार ११:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया