माओवादी केन्द्रीय समिति बैठक ८ फागुनमा बस्ने
फाइल तस्वीर

माओवादी केन्द्रले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमा समेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १३:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया