रुसका एक प्रहरीद्वारा ५६ जनाको हत्या गरेकाे ठहर

मस्को– रुसको एक अदालतले सोमबार एक पूर्वप्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा जन्म कैदको सजाय पाएका थिए । उनी हाल जेलमा नै छन् । 

ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् । 

रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १७:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया