धादिङमा जेसिबी पुरिएर चालकको मृत्यु

मंगलबार धादिङमा जेसिबी पुरिएर चालकको मृत्यु भएको छ। गंगाजमुना गाउँपालिका–५ मा सडकको नयाँ ट्रयाक खन्ने क्रममा ढुंगा खसेर जेसिबी पुरिएको हो।

मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने सडक खन्ने क्रममा जेसिबी पुरिएको थियो । सो क्रममा चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरीको मृत्यु भएको हो। 

उनको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। सो खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १८:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया