ए डिभिजन लिग : मछिन्द्रलाई उपाधि जित्ने अवसर

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) तीन खेल हुँदैछन् ।

लिगको ११ औं चरणअन्तर्गत आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । याे खेल दिउँसो १ बजे सुरु हुनेछ ।

मछिन्द्र आज सातदोबाटोलाई हराएर दुई खेल अगावै लिग उपाधि उचाल्ने साेचका साथ मैदानमा उत्रिनेछ । शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । 

१० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको सातदोबाटो पनि मछिन्द्रलाई हराउँदै अंक तालिका सुधार गर्ने प्रयासमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसाे १ बजेबाट नै हुने खेलमा विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पा क्लबकाे सामना गर्नेछ ।



१० खेलमा १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको आर्मी हिमालयनलाई हराउँदै दोस्रो स्थानमा उक्लने साेचमा छ ।

१० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको हिमालयन पनि आर्मीलाई पराजित गर्दै अंक तालिका सुधार्ने दाउमा छ ।



साँझ पाैने पाँच बजेबाट दशरथ रंगशालामा सुरु हुने दोस्रो खेलमा विभागीय टाेली नेपाल पुलिस क्लब थ्रिस्टार आमने सामने हुनेछन् ।

दुवै टाेली आजको खेलमा जित हात पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

पुलिस १० खेलमा १० अंक जोडेर दशौँ तथा थ्रिस्टार समान खेलबाट १७ अंकका साथ चौंथो स्थानमा छन् ।

  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ९:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया