प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको बैठक सकेर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

संसदीय दलको बैठकमा माओवादी केन्द्रले कुनै पनि हालतमा एमसिसी टेबुल गर्न नदिने र पारित गर्न सहयोग नगर्ने निर्णय गरेको छ । संसदीय दलको बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबरजस्ती एमसिसी पारित गरिए गठबन्धनमा आफूहरु नरहने बताएका थिए ।

प्रधानमन्त्री देउवाले आजै एमसिसी टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाएका छन् । 

सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । 

संसदीय दलको बैठक सकिएपछि आफ्नो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ११:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया