बालाजुमा बसको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु

बालाजुमा बसले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसले ठक्कर दिँदा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०–५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ । प्रहरीका अनुसार उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 
 
ठक्कर दिने बस चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १०:३६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया