६८ दिनपछि बागमती प्रदेश सभाको बैठक बस्दै
फाइल तस्वीर

बागमती प्रदेशसभाको बैठक १६ फागुनमा बस्ने भएको छ । ८ पुसमा अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक ६८ दिनपछि बस्ने भएको हो ।

बुधबार प्रदेश सभा सचिवालयले १६ फागुनमा दिनको १ बजे प्रदेश सभा बैठक बस्ने जानकारी गराएको हो । बुधबार हेटौंडामा आह्वान गरेको सर्वदलीय बैठकमा १५ फागुनमा पुनः सर्वदलीय बैठक राख्ने र १६ मा प्रदेशसभा बैठक डाक्ने विषयमा सहमति जुटेको हो ।

बुधबार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक गरेर प्रदेश सभा बैठक बेलाउने निर्णय गरेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 'बुधबार सम्पन्न सर्वदलीय बैठकमा १६ गते हुने प्रदेशसभा बैठक एमालेले अवरोध नगर्ने सहमति भएको छ,’ सचिव खड्काले भने ।

एमालेले मन्त्रालय विभाजनको औचित्य प्रस्ट्याउनु पर्ने, आफ्नो नेतृत्वको सरकारले ल्याएको योजना कटौती फिर्ता गर्नुपर्ने कारण र नेकपा (एकीकृत समाजवादी) को कमिटी गठन भएको स्थानमा मात्रै बजेट दिने भनेर मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु पर्ने लगायत माग राख्दै सदन अवरुद्ध गरिरहेको छ ।

प्रदेश सभा सचिवालयका सचिव खड्काका अनुसार सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दल एमालेलाई चित्तबुझ्दो जवाफ दिएपछि एमालेले संसद् चल्न दिने सहमतिमा पुगेको हो ।





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १३:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया