राजेन्द्र वाइबाको शब्द-संगीतमा 'अन्तिम इच्छा' सार्वजनिक

नायक पुष्प खड्का अभिनित 'अन्तिम इच्छा' बोलको म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।

भिडियोमा छिट्टै विवाह बन्धनमा बाँधिन गइरहेका जोडी मध्य दुलाहा पात्र दुर्घटनामा पर्दा त्यसपश्चात उब्जने परिस्थितिलाई कारुणिक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा पूजा शर्माको समेत अभिनय रहेको छ ।

सेन्टिमेन्टल भर्सनको यस गीतमा किरण पुन्ज स्वर रहेको छ भने  राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ ।  

निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई 'ओएसआर डिजिटल' नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  
 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १६:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया