राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर बढाउन निर्देशन दिएको छैन : प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा.गुणाकार भट्टले राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् ।

बिहीबार प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याजदर बढाउनको लागि निर्देशन नदिएको बताएका हुन् । उनले तरलता व्यवस्थापन गर्नको लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकुल बैंकहरूले ब्याजदर निर्धारण गर्ने गरेको बताए ।

राष्ट्र बैंकले बैंकहरूलाई ब्याज निर्धारण गर्नका लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टको भनाइ छ । उनले बैंकहरूमा तरलता माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय व्यवस्थापनमा दबाब परेको बताए । बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा निक्षेपलाई प्रोत्साहन नगर्दा निक्षेपको ब्याजदर घट्ने गरेको उनले बताए ।

'अहिले ब्याजदर निर्धारण गर्न बैंकहरुलाई स्वतन्त्र रूपमा छाडेको विषय हो । त्यसैले आवश्यक पर्दा तरलताको माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय साधन परिचालनमा बैंकहरुलाई दबाब परेको हुन्छ,' उनले भने ।

मौद्रिक नीतिको समीक्षा

प्रवक्ता डा. भट्टले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा अहिले भएका नीतिगत व्यवस्थालाई पुनरावलोकन भएर आउने बताए । उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक व्यवस्थापन र आर्थिक स्थायीत्वमा जोड  दिएको बताए ।



प्रवक्ता डा. भट्टले भने, ‘नेपाल राष्ट्र बैंकले आवधिक रुपमा मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्छ । त्रैमासिक समीक्षाको मुख्य उद्देश्य नै के होभन्दा भएका नीतिगत व्यवस्थालाई आवश्यक पर्दा पुनरावलोकन गर्ने सकिने । केही बजारलाई निर्देशन तथा नियन्त्रण गर्नपर्छ भने दिने भन्ने कुरा हो । अहिलेको मौद्रिक नीतिको समिक्षाले मुलतह समष्ठिगत आर्थिक व्यवस्थापन र आर्थिक स्थायीत्वमा जोड दिएको छ ।’

तरलता व्यवस्थापन



प्रवक्ता डा.भट्टले पछिल्लो १८ महिनाको बीचमा १३ खर्ब कर्जा विस्तार भएकाले बजारमा तरलताको दबाब कायम रहेको बताए । उनले चालु आर्थिक वर्षको शुरुवातदेखि कर्जा विस्तार र उच्च आयातका कारण तरलता समस्या भएको बताए ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जा ४६ खर्बमा पछिल्लो डेर वर्षमा मात्रै १३ खर्ब विस्तार भएकाले उनको भनाइ छ । उनले विस्तार भएको कर्जामा अधिकांश हिस्सा आयातमा उपयोगी भएकाले बजारमा तरलता बढ्दै गएको बताए ।

डा. भट्टले राष्ट्र बैंकले तरलता व्यवस्थापनको सहजिकरण पनि गरिहेको बताए । उनले चालु आर्थिक वर्षको शुरुवात देखि अहिलेसम्म पटकपटक गरेर स्थायी तरलता सुविधाको माध्यमबाट ३९ खर्ब बजारमा पठाएको बताए । स्थायी तरलताबाहेक ३५० अर्ब अन्य मौद्रिक उपकरणहरु रिपो लगायत माध्यमबाट पठाएको उनको भनाइ छ ।

तरलता अभाव अर्थतन्त्रको विस्तार अथवा अर्थतन्त्रको संकुचनसँग जोडिएकाले अर्थतन्त्र विस्तारसँगै कर्जाको माग बढ्ने, कर्जाको माग बढेसँगै बजारमा तरलतामा दबाब बढ्ने गरेको डा.भट्टले  बताए । उनले अर्थतन्त्र संकुचनमा जाँदा आर्थिक क्रियाकलाप सिथिल हुदाँ तरलता प्राप्त हुने  गरेको बताए । अब केही समयपछि बजारमा बजारमा तरलता सहज हुने पनि बताए ।

  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १९:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया