कानुनअनुसार बनेको हाम्रो पार्टीलाई एमालेले सरापेर हुँदैन : जगन्नाथ खतिवडा
फाइल तस्वीर

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठक अवरोध हुनुमा नेकपा एमाले जिम्मेवार भएको बताएको छ ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टीको अस्तीत्व स्वीकार गर्न नसक्नुमा एमालेको अघुताभाष चिन्तन नै जिम्मेवार भएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एमाले छाडेर गएका १४ जना सांसदलाई ‘गैर सांसद’ भन्दै संसद अवरोध गरिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटामाथि प्रश्न उठाउँदै अवरोध जारी राखेको एमालेले एकीकृत समाजवादीका १४ जना सांसदलाई गरिएको कारबाही सूची टाँस गर्न माग गरेको छ ।

एमालेले संसदमा अवरोध कायम गरिराख्दा प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पनि टेबल गर्ने वातावरण तयार गर्न सकेका छैनन् ।

चौतर्फी दबाब झेलिरहेका प्रधानमन्त्री देउवा गठबन्धन टुटाएरै भए पनि एमसिसी पास गर्ने रणनीतिमा जुटेका छन् । यता माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एमसिसीको विरोधमा सडक आन्दोलनसम्म तताइरहेको छ ।



खासका संसदमा तपाईंकै पार्टीबाट प्रतिनिधित्व गर्ने १४ जना सांसदको विषयलाई लिएर अवरोध नखुलेको भन्ने छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता खतिवडाले भनेका छन्, ‘अवरोध हटाउने कुरामा एमाले जिम्मेवार छ । कानुनत दर्ता भएको पार्टीको अस्तित्वलाई अस्वीकार गर्ने उसको लघुताभाष चिन्तन नै जिम्मेवार छ । यसका लागि हामीले उसको दृष्टिकोणको बारेमा चर्चा गर्नुपर्ने । हामी कानुनअनुसार बनेका राजनीतिक दलका विरुद्धमा अर्काले सरापेर हुने कुरा होइन् ।’



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १६:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया