धितोपत्र बजार सुधारको माग राख्दै स्टकमा आज पनि धर्ना

काठमाडौँ– धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् । 

धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाउनु भएको छ । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उनले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताए । उनले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिए । 

लगानीकर्ताले आज तेस्रो दिन पनि अनशन जारी राखेका हुन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले काम शुरु गरिसकेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यही मङ्सिर २० गते उक्त कार्यदल गठन गरेका हुन् ।

कार्यदलको पहिलो बैठक यही मङ्सिर २३ गते बसेको थियो । बैठक पुनः आज बस्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रालयले कार्यदललाई सात दिनभित्र सुझाव दिन समयावधि तोकेको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १४:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया