ल्यान्डमार्क एजुकेसनले चितवनमा करिअर टक गर्ने

काठमाडौं– ल्यान्डमार्क एजुकेसनले चितवनका विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै करिअर टक गर्ने भएको छ ।

ल्यान्डमार्कका अनुसार शुक्रबार हुने कार्यक्रममा सूचना प्रविधि, हस्पिटालिटी तथा व्यवस्थापन विज्ञका रूपमा इसेवाका सिइओ अस्गर अली, सोल्टी क्राउन प्लाजाका जनरल म्यानेजर उपल मजुमदर र मेरो जब डट कमका सिइओ शैलेन्द्र घिमिरेले आ–आफ्नोे अनुभव सुनाउनेछन् । यी तीनैजना सम्मिलित प्यानल डिस्कसन पनि हुने ल्यान्डमार्कले जनाएको छ ।

ल्यान्डमार्कका प्रबन्ध निर्देशक कुमार कार्कीका अनुसार चितवनका विद्यार्थीको करिअरमा फोकस गर्न सहयोग गर्ला भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । 

‘चितवनका विद्यार्थीमा आफ्नो भविष्यबारे अझ गहन रूपमा सोच्न सक्ने क्षमताको विकास होस् र जिम्मेवार विद्यार्थी उत्पादनमा सहयोग गर्न सकियोस् भनेर यो कार्यक्रम आयोजना गरेका हौँ,’ कार्कीले भने, ‘आ–आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूसँग विद्यार्थीलाई भेटाउँदा उनीहरूमा क्षमता विकास हुनेछ भन्नेमा विश्वस्त छौँ ।’

कार्यक्रम शुक्रबार होटल सेन्ट्रल पाल्म्समा दिउँसो १ बजे सुरु हुने ल्यान्डमार्कले जनाएको छ ।
 





  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १६:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया