पौडेलको ‘झिल्केले म्वाइ खाला’ सार्वजनिक (भिडियोसहित)

गायक डिजराज पौडेलको झिल्केले म्वाइ खाला बोलको नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ । 

गीतमा स्वर र संगीत डिजराज पौडेलको छ भने एरेन्ज एनबी चाम्लिङको रहेको छ । गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ । 

गायक पौडेलका यसअघि तिमी आउने बाटोमा, सुनैको दरबार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौँला मोटर गाडीमा जस्ता गीत चर्चित थिए । झिल्केले म्वाइ खाला गीतले पनि दर्शक श्रोताको मन जित्ने विश्वास गायक पौडेलको छ। 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार २१:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया