‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक
फाइल तस्वीर

‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । 

दिनेश पाल्पालीले निर्देशन गरेको यो फिल्ममा आधुनिक बन्न खोज्दा आफैँलाई गुमाउन खोजेको युवाको कथा उठाएको छ । यो फिल्ममा कथा पनि दिनेशकै छ । 

‘चिसो एस्ट्रे’मा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, श्रृष्टि श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्मका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना हुन् । 
महेशबाबुलाई प्रविन स्याङ्बा र सुस्मिता पराजुलीले फिल्मको निर्माणमा सघाएका छन् । 

फिल्ममा अजर जंगमको संगीत, उज्ज्वल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ । चलचित्र ४ चैतबाट प्रदर्शन हुन तय भएको छ ।

‘चिसो एस्ट्रे’ : गाउँले मदनलाई सहरिया बन्ने रहर



हेर्नुहोस् ट्रेलर



  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १६:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया