गिरिराजमणिको प्रश्न : एमसिसी अनुदान मात्रै हो भने पास गर्न किन धम्की ?
फाइल फाेटाे

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग परियोजना (एमसिसी) यथास्थितिमा पास नहुनेमा आफूहरू लागेको बताएका छन्

बिहीबारको संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले भने, ‘पहिलो कुरा त हामी यथास्थितिमा एमसिसी पास हुन हुँदैन भन्नेमा लागेका छौं ।’

उनले आफूहरू अमेरिकाको विरोधी नभएको भन्दै विकास पनि चाहिएको टिप्पणी गरे । 

‘हामी अमेरिका विरोधी पनि होइनौं । हामीलाई विकास पनि चाहिएको छ । हामीलाई वास्तवमा साँच्चै अनुदान नै हो भने पनि चाहिएको छ । तर, अनुदानको नाममा, विकासको नाममा जे कुरा पृष्ठभागमा आएको छ । त्यो बुझिदिनुपर्‍याे’, उनले भने । 

उनले यदि एमसिसी अनुदान मात्रै हो भने किन नेताहरूलाई धम्की दिँदै हिँडेको भन्दै प्रश्न गरेका छन । 

यस सम्बन्धमा उनले भने, ‘यदि अनुदान नै हो भने किन पास गर्नुपर्‍याे भने धम्की दिँदै हिँडेको हाम्रा नेताहरूलाई ? लोभ, लालच धम्की सबै कुराहरू आइरहेका छन् । त्यसकारण राष्ट्रका लागि हामी खडा हुनुपर्छ । यथास्थितिमा यसलाई पास गर्न सकिँदैन । संसदलाई रबरस्ट्याम्प बनाउन खोजिँदैछ ।’



उनले अघि भने, ‘कुनै कुरा संशोधन गर्न नपाउने । पास गर्न त किन संशोधन ल्याउनपर्‍याे ? हाम्रो सार्वभौमिकतालाई चुनौती दिएको स्थिति छ । एकपटक हामी फेरि राष्ट्रका राजनीतिक पार्टीहरू सबै मिलेर यी कुराहरु करेक्सन गर्नुपर्छ भन्नुपर्छ । संसद एउटा राजनीतिक थलो हो । नयाँ ढंगले नयाँ ध्रुवीकरण पनि यसले सिर्जना गर्नसक्छ । एमसिसीमार्फत् नयाँ खालको परिस्थिति आएको छ ।’
 



  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १५:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया