डा. केसीले गरे युक्रेनमाथि रुसी आक्रमणको विरोध

चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दीको हिटलरको संज्ञा दिएका छन् । 

पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । 

‘एक्काइसौं शताब्दीको हिटलर पुटिन । हिटलरभन्दा पनि क्रुर । संसारभरीका सबैले यसको घोर विरोध, भर्त्सना र रोक्ने प्रयास गर्नु पर्छ,’ डा.केसीले भनेका छन् । 

आफू प्युठान जाने क्रममा गुल्मीमा रहेको जनाउँदै उनले आक्रमणको समाचारले आहत भएको बताएका छन् । 

‘रुसले युक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राती वीवीसी लगायत विभिन्न  समाचार माध्यमवाट अवगत भयो । एक्काइसौं शताब्दीमा यस्तो हुनसक्छ भनेर कल्पना पनि गर्न सकिँदैन,’ उनले भनेका छन् । 





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १५:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया