चलचित्र ‘कर्म’काे आम्दानी बाैद्ध बिहारकाे संरक्षणमा लगाइने

बौद्ध कथामा आधारित नेपाल भाषाको चलचित्र ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल, ग्वार्काेमा प्रदर्शन भएको छ । रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्मको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुन् । 

गुण समूहले निर्माण गरेको फिल्ममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरन सायमीलगायतले अभिनय गरेका छन् ।

पहिलो दिनको विशेष साेमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, निर्माता छविराज ओझालगायतका कलाकार उपस्थित थिए । 

निर्माता दिजेन्द्रले यो चलचित्रले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरूको जिर्णाेद्धार,संरक्षण तथा  सम्बर्द्धनमा लगाइनुका साथै विभिन्न समाजिक संस्थालाई प्रदान गरिने जानकारी दिए । 

निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताए । 

यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ चलचित्र निर्माण गरेको थियो । दुवै फिल्मको आम्दानी सामाजिक कार्यमा लगाइएको थियो । 



लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य हुन् । रामकृष्ण,बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण बंशीले गरेका हुन् ।  



  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १२:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया