‘पानीफाेटाे’ काे प्रदर्शन मिति सार्वजनिक

खगेन्द्र लामिछानेकाे निर्देशनमा बनेकाे नेपाली कथानक चलचित्र ‘पानीफाेटाे’काे प्रदर्शन मिति सार्वजनिक भएकाे छ ।

निर्देशक लामिछानेले सामाजिक सञ्जालमार्फत् चलचित्रकाे सार्वजनिक मिति ताेकेका हुन् । चलचित्र आउँदाे भदाै १० गतेदेखि प्रदर्शनमा आउनेछ ।

‘पानीफाेटाे’ खगेन्द्रकाे निर्देशनमा बनेकाे पहिलाे चलचित्र हाे । यद्यपि याे यसभन्दा पहिला नाटककाे रूपमा भने मञ्चन भइसकेकाे छ ।

चलचित्रमा अनुप बराल, निशा शर्मा, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्धि तामाङलगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ । चलचित्रमा १५ वर्षअगाडि बेपत्ता भएको सन्तानको पर्खाइमा रहेका बुबाआमाको कथा रहेकाे छ ।

‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’ जस्ता चलचित्रमा अभिनय गरी आफ्नाे अस्तित्व स्थापित गरेका लामिछानेकाे निर्देशनमा बनेकाे चलचित्र कस्ताे हुने हाे, त्याे समयले नै बताउला।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १३:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया