‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक, चैत ११ गते प्रदर्शनमा आउने

नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक भएकाे छ ।

एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रकाे ट्रेलर आज(साेमबार) बिहान सार्वजनिक भएकाे हाे ।

चलचित्रमा प्रियंका कार्की, विक्रम डी जाेशी, विक्रान्त बस्नेत, विल्सन विक्रम राई, दीपिका प्रसाईंलगायतका कलाकारकाे अभिनय रहेकाे छ ।

चलचित्रकाे कथा निर्देशक बाेहरा विक्रम डी जाेशीले लेखेका हुन् ।

प्रेमकथामा आधारित चलचित्र आगामी चैत ११ गतेदेखि देशैभर प्रदर्शन हुनेछ ।

ट्रेलर हेर्नुहाेस् :



 



  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १४:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया