नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध हाे, यसमा यद्यपि, तर भन्ने हुँदैन : श्रृंखला

अहिले नेपाली कलाक्षेत्र दुई धारमा बाँडिएकाे छ- पल शाहकाे समर्थनमा र विपक्षमा । बलात्कारकाे आराेप लागेका पल शाह अहिले तनहुँकाे हिरासतमा छन् । तनहुँकाे जिल्ला अदालतबाट अनुमति लिई प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेकाे छ ।

पल शाहकाे पक्षमा विभिन्न कलाकारहरूले बाेलिरहँदा ऋचा शर्मा, रेखा थापा, सुरक्षा पन्त लगायतका कलाकार विपक्षमा छन् । 

यसै क्रममा पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि विपक्षमा आफ्नाे मत राखेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नाे मत राखेकी हुन् ।

उनले भनेकी छन्,‘नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध हो। यसमा यद्यपि, तर भन्ने नै हुँदैन। पीडितमाथि आरोप लगाउने गल्ती नगर्नुहोस्। ‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ। नाबालिगले नै सहमतिमै सम्बन्ध राख्न चाहे पनि ‘हुन्न’ भन्ने काम वयष्कको हो।

किनभने यहाँ पीडित केही निर्णय लिनका लागि असाध्यै सानी छिन्। जबकी ती शाह उनीभन्दा धेरै नै उमेरका थिए र यसले उमेर ,शक्ति र नियन्त्रणमा ‘इल्लिगल डाइनामिक्स’ बन्ने गर्छ।

अहिले धेरै कम उमेरका बालिकाले पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरूको जीवनभरी नै गहिरो घाउ बनाइदिएको हुन्छ। त्यसैले कसैले उनीहरूको गलत फाइदा नउठाओस् भनेर यस किसिमको कानुन बनाइएको हो। यो घटना धेरैका लागि जागरुकताको माध्यम र पाठ बन्नुपर्छ।



म अझै विश्वास गर्न सकिरहेको छैन कि एक नाबालिगको साँटो मान्छेहरू ३० वर्ष नाघेको व्यक्तिको समर्थन गरिरहेका छन्। यसले ती युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कल्पना गर्नुभएको छ ? हो उनी धेरै अन्तर्वार्तामा देखिएकी छिन् तर यो सब के भइरहेको छ भन्ने बुझ्न परिपक्व छैनन्। 

यो मुद्दामा धेरैमा चेतनाको कमी देख्छु म। नाबालिगसँगको यौन सम्बन्धबारे किन कानुन बनाइएको भनेर गुगलमा खोजी गर्नुहोस्। कसैले पीडकको समर्थन गरिरहेको छ भने उनीहरूलाई मेसेज गर्नुहोस्, कमेन्ट गर्नुहोस्। तपाईंहरू जे सक्नुहुन्छ,त्यो गर्नुहुन्छ। यसले यो किन गलत हो भनेर तपाईंहरू बुझाउन सक्नुहुन्छ।



म उनको लागि प्रार्थना गर्छु। यस किसिमका घृणा सहन निकै गाह्रो हुन्छ तर आत्मबल बलियो राख्नु। हामी तिम्रो साथमा छौँ बहिनी।’ 
 
  

  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १४:३०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया