युक्रेनी जनताले हार नमान्नेमा जिन्चेन्को विश्वस्त

इंग्लिस क्लब म्यानचेस्टर सिटीका युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोले युक्रेनको पक्षमा उभिएकाेमा सबैलाई धन्यवाद दिएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बिबीसीसँग कुराकानी गर्दै जिन्चेन्कोले विश्वलाई धन्यवाद दिएका हुन् ।

‘म धेरै आभारी छु । यहाँ पाएको समर्थनको लागि सबैप्रति धेरै आभारी छु । मलाई थाहा थिएन कि यस्तो हुन्छ’, उनले भने, ‘त्यसैले सबैलाई धरै धन्यवाद भन्न चाहन्छु । म यसको कदर गर्छु।’

गत साताबाट रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । जसको कारण १० लाख युक्रेनीले देश छाडिसकेका छन् ।

यस्तै, २५ वर्षीय डिफेन्डर जिन्चेन्कोले युक्रेनी जनताले हार नमान्नेमा आफूलाई विश्वास रहेको बताए ।

‘युक्रेनलाई समर्थन गर्नेहरू धेरै छन् । उनीहरूले साथ दिएका छन् । हार नमान्नुहोस् । र, मलाई थाहा छ मेरा मानिसहरूले त्यसो गर्दैनन्’, उनले भने ।



पछिल्लो समय युक्रेनमाथि रुसी आक्रमणको खेलक्षेत्रबाट चौतर्फी विरोध भईरहेको छ ।
फिफा र युइएफएजस्ता विश्व खेलकुदका निकायले प्रतिवन्ध लगाउनुका साथै विभिन्न देशले रुससँग नखेल्ने बताएका छन् ।  

जिन्चेन्कोले आफूलाई युक्रेनी भएको गर्व लागेको समेत बताए । उनले छोरी र परिवार नभएको भए आफू यो समय युक्रेनमा हुने समेत बताए ।



उनले भने, ‘इमान्दार भएर भन्छु । यदि मेरी छोरी र परिवार थिएन भने म त्यहाँ हुने थिएँ ।  म मेरा देशका मानिसलाई चिन्छु र उनीहरूको मानसिकता पनि ।  मलाई युक्रेनी हुनुमा गर्व छ। जीवनभर युक्रेनी रहने छु ।’

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १३:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया