logo-img

युक्रेनबाट विस्थापित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे

रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका पुगेका छन् ।

गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानियाँ र माल्दावा लगायतको देशमा पुगेका छन् । 

हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना र चार जना माल्दावा पुगेका समितिले जनाएकाे छ ।  

युक्रेन युद्धबाट विस्थापित भई विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर लागेका हुन् । तीमध्ये करिब चार दर्जन नेपाली गैरआवासीय नेपाली संघ पाेर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिए ।  

थापाका अनुसार ती नेपालीहरूलाई एनआरएन पाेर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ । 

यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए ।  
 
यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सक्रिय छ । युद्धबाट विस्थापित नेपालीहरूको उद्धारको लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफैँ खटिएका थिए । 





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया