राप्रपा नेपालका १० विभाग गठन

राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ । बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएर १० वटा विभाग गठन गरेको हो ।

अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको छ । त्यस्तै, आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष विष्णु भण्डारीलाई, सचिवालय प्रमुखको जिम्मेवारी महामन्त्री भास्कर भद्रालाई दिइएको छ ।

प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखको जिम्मेवारी महामन्त्री सुशीलकुमार श्रेष्ठ र कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री इन्द्र चित्रकारलाई दिइएको छ ।

यसैगरी, संगठन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री राजाराम बर्तौला, प्रचार विभाग प्रमुखको प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य राजकुमार खड्कालाई दिइएको छ ।

यससँगै राप्रपा नेपालको बैठकले तीन महीनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । जिल्ला समिति गठन गर्न बाँकी रहेका जिल्लामा २१ दिनभित्र गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ । 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १८:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया