बलिउडमा डेब्यु गरे पनि साउथमा हिट भएकी काजल

काजल अग्रवाललाई साउथ इन्डियन अभिनेत्री भनेर चिनिन्छ । उनले बलिउडमा सिंघम फिल्ममा अभिनय गरेपछि पहिचान बनाइन् । 

उनले बलिउडमा सिंघमसँगै स्पेसल २६ र दो लाफ्जोकी कहानीलगायतका फिल्ममा काम गरिसकेकी छिन् । उनलाई सुहाउँदो भूमिकामा बलिउडमा अफर भए अभिनय गर्ने बताउँछिन् । 

साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर, काजलको डेब्यु भने बलिउड फिल्म ‘क्यु हो गया ना’मार्फत् भएको थियो । उनी यस फिल्ममा ऐश्वर्या रायको साथीको रुपमा देखिएकी थिइन् ।

 यद्यपि, उनलाई दर्शकले मात्र होइन, फिल्म मेकर्सले पनि नोटिस गरेनन् । जसकारण उनले साउथ इन्डियन फिल्ममार्फत् आएको अफरहरूलाई स्वीकार्दै करियर सुरु गरिन् । 

उनलाई अझै पनि दर्शकले साउथबाट बलिउडमा आएकी हिरोइन भनेर चिन्ने गर्छन् । उनले बलिउडमा काम नपाएपछि साउथमा काम सुरु गरेकी थिइन् ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १३:२७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया