एमसिसी सम्झौता अनुमोदनपछि मौन गिरिराजमणि
फाइल तस्वीर

‘विभिन्न द्वन्द्वका बीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले भनेका थिए ।

व्याख्यात्मक घोषणासहित उनको पार्टी माओवादी केन्द्रले एमसिसी अनुमोदनमा साथ दिएपछि नेता नारायणकाजी श्रेष्ठसहित पोखरेलले फरक मत राखेका थिए । 

पार्टीले ह्विप जारी गर्दा पनि पोखरेलसहितका नेताहरू त्यसविरुद्धमा गएका हुन् । नेता पोखरेलले अहिले पनि एमसीसी राष्ट्रघाती भएको दोहोर्‍याइरहेका छन् । 

नेता पोखरेल पक्षका कतिपय ‘विश्वास पात्र’ भनिएकाहरूले पार्टी नै परित्याग गरिसकेका छन् । 

महोत्तरीका संयोजकसहित पुराना नेता तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य राजन ढुंगाना, महिला नेतृ उर्मिला कार्की, नेता रामबहादुर राणा र नरबहादुर खनालले पार्टी छाडेको घोषणा गरिसकेका छन् ।

तर, पोखरेल भने पार्टीले आयोजना गरेको महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेता पोखरेललाई स्थानीय सञ्चारकर्मीहरूले कहिलेकाही घेराबन्दी नै गर्छन । 



एमसिसीसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया लिन खोज्छन् । तर, उनी न एमसिसीको विषयमा केही बोल्छन् न त आफ्ना कार्यकर्ताले साथ छाडेको विषयमै केही भन्छन् । 

यस विषयमा अहिले नबोल्ने भन्दै पन्छिन्छन् । साथै जिल्ला तहका नेता, कार्यकर्ताहरूको मनोबल उच्च बनाउन न नेता पोखरेलले कुनै प्रशिक्षण नै दिन सकेका छन् ।



‘बाहिरबाट हेर्दा पार्टीकै एजेण्डामा हिँडिरहेको देखिए पनि पोखरेल सन्तुष्ट छैनन् । निर्वाचनमा माहोल नबिग्रियोस् भनेर पार्टीभित्रै बसेर संघर्ष गरिरहनु उनको बाध्यता छ’ उनी नजिकका एक नेताले भने ।

चुनाव केन्द्रित कार्यक्रममा व्यस्त बनेका नेता पोखरेल महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी बनिरहेका छन् । बिहीबार मात्रै पनि भंगाहा नगरपालिकास्थित सुकुम्बासीमा बस्तीमा पुगेर कोष खडा गर्न एक महिनाको पारिश्रमिक नै दिने घोषणा गरे ।

अघिल्लो निर्वाचनभन्दा यो निर्वाचनमा नेता पोखरेलले निक्कै मेहनत गरिरहेका छन् । जनताको घरदैलोमै पुगेर जिल्लाका दुर्गम गाउँमा पुगेर समस्या पहिचान गर्न उनले केही महिनाअघिस अभियान नै चलाएका थिए ।

लगातार महोत्तरीबाट संघीय संसदमा सांसद बनिरहेका नेता पोखरेल दुई पटक मन्त्री बनिसकेका छन् । उनी एक पटक स्वास्थ्य र जनसंख्या र दोस्रो पटक शिक्षा तथा विज्ञा मन्त्री बनेका थिए ।

जिल्लाको उत्तरी क्षेत्र माओवादी केन्द्रको गड नै मानिन्छ तर एमसीसीको विवादले यहाँ पनि माओवादी केन्द्र दुई कित्तामा उभिएको छ ।

एक पक्षले व्याख्यात्मक घोषणासहित भएको एमसिसी अनुमोदनलाई स्वीकार गरिसकेको छ भने अर्काे पक्षले अहिले पनि राष्ट्रघाती भएको भन्दै पार्टीको कदमको विरोध गरिरहेको छ । न्युज कारखाना

  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १६:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया