कालो हरिण शिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानलाई राहत मिलेको छ । राजस्थान उच्च अदालतले सलमानको ट्रान्सफर याचिकामा सुनुवाइ स्वीकार गर्दा उनलाई केही राहत मिलेको हो ।
अब सलमानसँग सम्बन्धित सबै याचिकामाथि उच्च अदालतमा सुनुवाइ हुनेछ । मिडिया रिपोर्टका अनुसार उच्च अदालतमा सुनुवाइका क्रममा सलमानसँगै उनकी बहिनी अलविरा साथमै थिइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार १ अक्टोबर १९९८ मा जोधपुरको कानकानी गाउँमा कालो हरिणको शिकार भएको थियो । यस मामिलामा सलमानबाहेक सैफ अली खान, नीलम, सोनाली बेन्द्रे, तब्बु र दुष्यन्त सिंहमाथि पनि आरोप लागेको थियो । तर, अदालतले सलमानबाहेक सबै अभियुक्तलाई सफाइ दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।