‘लाखे’ को रिलिज डेट कन्फर्म

मल्टिस्टारर फिल्म ‘लाखे’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । 

फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा प्रदर्शन हुने जानकारी दिएका छन् । सम्राट बस्नेत निर्देशित फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्ने सम्झौता भएको छ । 

महँगो बजेटमा निर्माण गरिएको बताइने फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी,अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बालकलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । 

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ । 

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीले सम्पादन गर्ने फिल्मको छायांकन हालै समापन भएको हो । 

फिल्म गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक सम्राटले बताएका छन् । उनले केही समयमै फिल्मको फर्स्टलुक पोस्टर दर्शकमाझ ल्याउने तयारी गरिएको जानकारी दिए । 





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार २०:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया