पल शाह प्रकरणमा अदालतको अनुरोध : विचाराधीन मुद्दा अमर्यादित टिप्पणी नगरिदिनुस्
फाइल तस्वीर

तनहुँ जिल्ला अदालतले विचारधीन मुद्दामा अमर्यादित र अश्लील टीकाटिप्पणी नगरिदिन आग्रह गरेको छ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि जिल्ला न्यायाधीशले जारी गरेको आदेशमा विचाराधीन मुद्दामा अश्लील ढंगले टीका टिप्पणी नगर्न अनुरोध गरिएको छ ।

'... यस अदातलमा विचाराधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेकाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारबाहीको विषयमा र पीडित तथा प्रतिवादीलगायत निजहरूका परिवारजनसमेत उपर अमर्यादित र अश्लील ढंगले टीका टिप्पणी नगरी दिनका निम्ति आम सञ्चारमाध्यम, कानुन व्यवसायी र सर्वसाधारण सबैमा इजालस विनम्र अनुरोध गर्दछ,' आदेशमा भनिएको छ ।

अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो । त्यस्तै, शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा छोड्ने अदालतले आदेश दिएको छ ।

बिहीबार शाहको पक्षमा १२ जना अधिवक्ताले बहस गरेका थिए । पीडितको पक्षबाट दुई जना सरकारी वकिलसहित ९ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मंगलबार शाहविरुद्ध मुद्दा दर्ता गराएको थियो । शाहलाई १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपूर्ति माग गरिएको हो । त्यस्तै शाहका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार २०:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया