लगानी बोर्ड र वाणिज्य महासंघबीच एमओयु, अर्थमन्त्री भन्छन्- लगानीसँगै प्रविधि भित्र्याऊँ

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । 

आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानीसम्बन्धी विस्तृत सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्रीलाई साथमा राखेर लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानी मात्रै नभएर लगानीसँगै प्रविधि पनि ल्याउन आवश्यक रहेको बताए । उनले लगानीसँग प्रविधि भित्र्याउँदा निजी क्षेत्रका लागि धेरै फाइदा पुग्न सक्ने दाबी गरे ।

अहिले विदेशी लगानी ल्याउनका लागि केही नीतिगत तथा ऐन र कानुनीरूपमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताए । उनले हरेक कुरामा लागत बढ्दै गएकाले सरकार लागत कम गर्ने प्रक्रियामा लागेको बताए । 

नेपाल डुइङ बिजनेसमा ९६ औं स्थानमा रहेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई सुधार गरेर १५ स्थानमै ल्याउनु पर्ने बताए । उनले नेपाल डुइङ बिजनेस सुधार गर्नका लागि निजी क्षेत्र र लगानी बोर्ड लाग्नुपर्ने बताए ।

त्यस्तै, अर्थमन्त्री शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताए । अब हामीले योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शमाले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनु पर्ने बताए । 



उनले जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनु पर्ने आवश्यक भएको उल्लेख गरे । मन्त्री शर्माले मुलुकमा लगानी बढाउनका लागि ‘डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’तयार गर्न लागेको बताए । 

उनले यो फण्डमा निजी क्षेत्रको पनि सहभागिता हुनुपर्ने बताए । मन्त्री शर्माले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई जोड्न अहिले बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलहरूले मुलुकको समग्र आवश्यकतालाई पूर्ति गर्न सक्ने दाबी गरे ।



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १४:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया