कमल थापाकाे दावी : आगामी दिनमा राप्रपा नेपाल बलियाे शक्तिकाे रूपमा स्थापित हुन्छ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् ।

चौरानब्बे प्रतिशतभन्दा बढी नागरिक हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थागित हुने उनको तर्क छ । 

स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अब एउटा बलियो शक्ति बनेर उदाउने जिकिर गरे ।

सोमबार वीरगंजका स्थानीय सञ्चारकर्मीमाझ उनले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पारे ।

राजसंस्थाको एजेण्डालाई छाडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवी र आमसञ्चार माध्यामहरूले पनि सकारात्मक रूपमा लिने अध्यक्ष थापाकाे विश्वास थियो । 

उनले आफू लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा लिएर जनतामा जाने पनि दोहाेर्‍याए । 



अध्यक्ष थापाले भने, ‘आगामी दिनमा राप्रपा नेपाल लोकतन्त्र, हिन्दराष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोकेर जनताको माझमा जाँदैछ । र, मलाई पूरा विश्वास छ कि ९४ प्रतिशत सनातन हिन्दुराष्ट्रप्रति आस्था राख्ने ओमकार परिवारप्रति प्रतिवद्ध भएको कारणले गर्दाखेरी अब आगामी दिनमा राप्रपा नेपाल एउटा बलियो शक्तिको रुपमा स्थापित हुन सक्दछ । नयाँ परिवर्तित सन्दर्भमा राप्रपा नेपालको नयाँ सोच र मार्गचित्रलाई नागरिक समाज, बुद्धिजीवीवर्ग र आमसञ्चार माध्यमबाट पनि सकारात्मक रूपमा ग्रहण गर्नु हुनेछ भन्ने हामीले आशा र विश्वास लिएका छौं । हामी कहिल्यै पनि हिन्दुराष्ट्रको एजेण्डालाई छाडेका छैनौं ।’

उनले पश्चिमा मुलुकहरूको दवावका कारण संविधानमा हिन्दुराष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दावी समेत गरे । 



  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १५:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया