श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेसँग परराष्ट्रमन्त्री खड्काको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग  शिष्टाचार भेटवार्ता गरेका छन् । 

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्रमन्त्री खड्काले मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यस क्रममा नेपाल श्रीलंका सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार २०:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया