सत्तारूढ गठबन्धनबीच स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल गर्न मधेस प्रदेशमा बसेको बैठक सकिएको छ ।
बैठकले भोलि मंगलबारसम्म मधेस प्रदेशको १३६ वटै स्थानीय तहको वडासम्म गठबन्धन चुस्त दुरुस्त बनाउने विषयमा निर्णय भएको हो ।
नेकपा माओवादी केन्द्रका नेता योगकुमार बरबरियाले भने,‘गठबन्धनभित्रका पार्टीहरूको वर्तमान अवस्था के छ भन्ने तथ्यांक संकलन गर्ने र गठबन्धनलाई चुस्त दुरुस्त बनाउने विषयमा निर्णय भएको छ ।’
तथ्यांक संकलन भएपश्चात केन्द्रमा पठाउने र केन्द्रबाटै तालमेलको विषयमा निर्णय हुने उनले बताए ।
बैठकमा सबै दलका प्रतिनिधिले गठबन्धन र चुनावी तालमेलको विषयमा धारणा राखेका थिए ।
सबै सकरात्मक देखिएकाले तालमेलको सम्भावना प्रवल रहेको नेता बरबरियाले बताए ।
जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।