थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।

मंगलबार विहान ७ बजे पछाडि कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ । ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरि तनहुँ कारागार ल्याइनेछ’, उनले भने ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे । उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ । आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ ।’ 

क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन । ‘गोला थुतेर कसको इजालसमा पर्छ । त्यसपछि इजलास अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने । ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।

जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । 

उच्च अदालतले निवदेन उपर पहिलो सुनुवाइ गर्दै तनहुँ जिल्ला अदालतबाट  कैफियत प्रतिवेदन माग गरिसकेको छ । सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो ।  





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १३:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया