भरतपुर महानगरपालिकामा गठबन्धन हुँदैन : डा. शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन नहुने बताएका छन्। चितवन जिल्ला कार्यसमितिको निर्णय बुझ्दै उनले भरतपुरको मेयरमा कांग्रेस आफैँ लड्नुपर्ने बताएका हुन् । 

चितवन जिल्ला कार्यसमितिले यसअघि भरतपुर महानगरको मेयर कांग्रेसलाई दिने भए अन्त चुनावी तालमेल गर्न सकिने निर्णय लिएको थियो।

कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला तथा चितवन कांग्रेस सभापति राजेश्वर खनालले चितवन र भरतपुर महानगरपालिकामा कुनै पार्टीसँग तालमेल नगर्न र कांग्रेसकै उमेदवारलाई मेयरको टिकट दिनुपर्ने मागसहितको निर्णय शीर्ष नेतालाई बुझाइरहेका छन्। 

उनीहरुले यसअघि सभापति शेरबहादुर देउवालाई पनि माओवादीलाई मेयर दिन नसकिने निर्णयसहितको माइन्युट बुझाइसकेका छन्। 





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार २१:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया