नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि शिवशंकर साह (हिरा)को एकल नाम सिफारिस गरेको छ ।
एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका साहलाई आइतबार मेयर पदका लागि सर्वसम्मत नाम सिफारिस गरिएको नगर सचिव राजुकुमार साहले जानकारी दिए ।
हिरा जनकपुरधामको मेयरका प्रत्यासीमध्ये सबैभन्दा युवा नेता हुन् । ०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन राजपाबाट उनले मेयर दाबी गरे पनि अन्तिममा टिकट पाउन सकेनन् । हिरा एमाले प्रवेश गरेसँगै नगरप्रमुखमा चुनाव लड्ने तयारीमा निरन्तर लागिपरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।