राष्ट्रियसभा सदस्यको सपथग्रहण गर्दै नारायण दाहाल

राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले आज सपथग्रहण गर्दै छन् । उनले संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथग्रहण गर्ने भएका हुन् । 

पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा दाहालको मनोनयन भएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनयन गरेकी थिइन् । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

बिडारीसहित २० जना राष्ट्रियसभा सदस्यको १२ माघमा चार वर्षे कार्यकाल पूरा भएको थियो । १९ जनाको स्थानमा निर्वाचन भएको र १८ जना पाँच दलीय गठबन्धनको र एकजना एमालेबाट निर्वाचित भइसकेका छन् । 

उनीहरूले यसअघि नै सपथग्रहण गरिसकेका छन् । तर, बिडारीको स्थानमा भने मनोनीत हुन बाँकी थियो । सोही स्थानमा दाहाल मनोनीत भएका हुन् ।  





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार ६:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया