थप २६ जनामा काेराेना संक्रमण, ३७ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २६ जनामा संक्रमण पुष्टि भएकाे हाे । 

गत चौबीस घन्टामा २ हजार ८६६ पिसिआर तथा १ हजार २१२  एन्टिजेन परीक्षण भएको थियाे ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

यही अवधिमा ३७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडाैं उपत्यकामा थप ३ जनामा संक्रमण पुष्टि भएकाे छ । संक्रमितमध्ये काठमाडाैंका २ र ललितपुरका एक जना रहेका छन् ।
 





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १७:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया