पल शाह प्रकरणः पीडित नाबालिगले बयान फेरेपछि मोहना अन्सारीले लेखिन्...

अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोप लगाएकी पीडित नाबालिगले आफ्नो बयान फेरेकी छिन् । उनले अदालतमा आफ्नो बयान फेरेकी हुन् ।

जिल्ला अदालत तनहुँमा आइतबार बकपत्रका क्रममा उनले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । 

यसअघि उनले आफूमाथि पलले बारम्बार बलात्कार गरेको र विवाह गर्ने आश्वासन दिएको बताएकी थिइन् । तर, आइतबार उनले अदालतमा बयान फेरेपछि हिरासतमा रहेका पल शाह छुट्ने सम्भावना बढेको छ ।

नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले यस विषयमा टिप्पणी गरेकी छिन् । उनले सामाजिक सन्जाल ट्विटरमा पुरुषार्थको विजय कसरी हुन्छ भन्ने विषयमा आफू साक्षी भएको टिप्पणी गरेकी हुन् । उनले ट्विटरमा लेखेकी छिन्– पुरुषार्थको विजय कसरी हुन्छ । आज साक्षी भइयो ।

यसअघि प्रहरीमा नाबालिग किशोरीले आफूलाई हुँदैन भन्दाभन्दै पलले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।



उनका बाबुले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती किटानी जाहेरी दिएका थिए । अहिले पल पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा छन् । पीडित बालिकाको बयानकै आधारमा अदालतले पललाई थुनामा पठाएको थियो ।




  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार १९:१६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया