स्थानीय चुनावका लागि टिकट बाँड्दै सिके राउतको पार्टी, निर्वाचन खर्च आफैंले बेहोर्नुपर्ने

डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज टिकट वितरण गर्दैछ । जनमतले आज पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्न लागेको पार्टीका नेता बिपी साहले जानकारी दिए ।

उनले पार्टीले तय गरेका उम्मेदवारहरूलाई केन्द्रीय सचिवालयबाट मनोनयन पत्र वितरण गर्ने निर्णय भएको बताए । ​वडाध्यक्षको भने मनोनयन पत्र वितरण ७ र ८ वैशाखमा हुने उनले जानकारी दिए ।

मधेस प्रदेशका उम्मेदवारहरूलाई जनकपुरधाम, प्रदेश–१ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्न लागिएको हो । 

जनमतका उम्मेदवारहरूले मनोनयन पत्र लिनुअगावै पार्टीको अनुशासनमा बस्नुपर्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।

त्यस्तै, उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्नेछ । स्थानीय निर्वाचनमा जनमतले प्रायः सबै ठाउँमा उम्मेदवारी दिने भएको छ । 





  • प्रकाशित मिति : वैशाख ५, २०७९ साेमबार ११:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया