यस्तो छ ‘सम्झना बिर्सना’ को ट्रेलर

पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समिश्रण देखिन्छ । निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितीय प्रधान र देविका प्रधानले निर्माण गरेका हुन् । 

जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशका साथमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ, सिलिगुडी तथा सिक्किमका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । 

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।





  • प्रकाशित मिति : वैशाख ६, २०७९ मंगलबार १३:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया