घुस लिएको अभियोगमा कर्मचारी पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका अनुसार प्राधिकरण नोलाइट शाखा काठमाडौं, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनी समेत पक्राउ परेका हुन् । 

जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दामाग्दै उनीहरूलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार प्राधिकरणका तीन कर्मचारीलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो ।
 
यस्तै, आयोगले रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ को अन्जनी बानियाँको नाममा रहेको जग्गा हाल साबिक गर्दा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा घुसाई अनियमितता गरेको आरोपमा नापी कार्यालय भैरहवाका नापी अधिकृत घनश्याम दुवे र नापी सर्वेक्षक शौकात अली खाँमाथि मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय भैरहवाका नासु बलराम श्रेष्ठ र वडा सचिव धनेशचन्द्र गुरुङ समेतको मिलेमतो देखिएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ ।
 
यस्तै, बर्दिया, राजापुर नगरपालिका–१० का वडा सदस्य उत्तम चौधरीले दुई लाख ५० हजार घुस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ । क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस माग्दा माग्दै आयोगको नेपालगञ्ज क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 





  • प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार १९:२८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया