सैनिक आचारसंहिता कार्यक्रम सुरु

नेपाली सेनाले बुधबारबाट दुईदिने ‘सैनिक आचारसंहित कार्यक्रम, २०७९’ सुरु गरेको छ । 

सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरणका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । 

बलाधिकृत रथी बालकृष्ण कार्कीले जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आज कार्यक्रमको शुभारम्भ गरेका थिए । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै बलाधिकृत रथी कार्कीले सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिकवान् र व्यावसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । 





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार २२:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया