हेटौँडा– प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय गर्नका लागि पर्खिएको बताएका छन् ।
संसद् सचिवालय हेटौँडाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश राजधानीको विषय टुंग्याउनका लागि अदालतमा मुद्दा परेको र राजनीतिक सहमति पनि नजुटेकाले तत्काल टुंगो लगाउनका लागि समस्या भएको बताए ।
सभामुख श्रेष्ठले प्रदेश नं ३ को हिउँदे अधिवेशन बिहीबारबाट सकिएको छ भने एक महिनापछि वर्षे अधिवेशन बस्ने गृहकार्य भइरहेको जानकारी दिए ।
उपसभामुख राधिका तामाङले नगर, महानगर, गाउँपालिकाका उपाध्यक्षको अधिकार कानुनमा उल्लेख भएर आए पनि उपसभामुखको अधिकार कानुनमा नै उल्लेख नहुँदा समस्या भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।