बागी उम्मेदवारी फिर्ता लिन इन्द्र बानियाँको निर्देशन
फाइल तस्वीर

नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ ।  

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरुद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन् ।

उनले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने शक्तिविरूद्ध वर्तमान सत्ता साझेदार दल बनेको चर्चा गर्दै स्वतन्त्ररूपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरे ।





  • प्रकाशित मिति : वैशाख १५, २०७९ बिहीबार १५:६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया