६ वर्षेकाे वार्षिक कमाइ कराेडाैं डलर !

६ वर्षीय बालकको वार्षिक कमाइ एक अर्ब ! – ६ वर्षको बच्चाले पैसा कमाउन सक्छ ? पक्कै जवाफ आउँछ, यति सानो उमेरमा के काम गर्नु र कमाउनु ? तर, रेयान नामका ६ वर्षीय बालकको कमाइ थाहा पाउँदा जो–कोहीलाई चकित पार्छ ।

रेयान हरेक साता युट्युबमा खेलौनाको समीक्षा गर्छन् र यसको बदलामा उनका आमाबाबुले राम्रो आम्दानी गरिरहेका छन् ।

गत वर्ष ११ मिलियन डलर अर्थात् करिब सवा अर्ब रुपैयाँ कमाएका थिए । युट्युबमा उनको भिडियो करोडौँले हेर्नु नै कमाइको स्रोत हो । उनी ‘रेयान टोयज रिभ्यु’ नामबाट एउटा युट्युब च्यानल चलाउँछन् । यही च्यानलबाट रेयान आफ्ना दर्शकलाई खेलौना जगत्मा लैजान्छन् ।

फोब्र्स म्यागजिनले उनलाई सन् २०१७ मा विश्वका सबैभन्दा बढी भुक्तानी पाउने स्टारको सूचीमा राखेको छ । मार्च २०१५ मा सुरु भएको उनको युट्युब च्यानलको भिडियो अहिलेसम्म १६ अर्बभन्दा बढीले हेरिसकेका छन् ।

तर, यति लोकप्रिय भएर पनि रेयानबारे संसारले धेरै जानकारी भने राखेको छैन । उनको पूरा नाम के हो र उनी कहाँ बस्छन् ? जस्ता प्रश्नको उत्तर कमैलाई थाहा छ । केवल उनी अमेरिकी नागरिक हुन् भन्ने मात्रै स्पष्ट छ ।

वासिङ्टन पोस्टलाई दिएको अन्तर्वार्तामा रेयानकी आमाले भनेकी छिन्, ‘युट्युब च्यानलको सोच त्यतिवेला आयो, जतिवेला रेयान तीन वर्षका मात्रै थिए । उनी सानै उमेरदेखि खेलौना रिभ्यु गर्ने च्यानल खुब हेर्थे ।’



रेयानकी आमाले आफ्नो पहिचान उल्लेख नगर्ने सर्तमा थपेकी छिन्, ‘एक दिन रेयानले मलाई भनेका थिए कि अन्य बालबालिकाजस्तै म युट्युबमा किन छैन ? अनि, हामीले सोच्यौँ र यो काम गर्न सक्ने निष्कर्षमा पुग्यौँ । एक दिन एउटा खेलौना पसलमा गयौँ र लिगो ट्रेन किन्यौँ । त्यसपछि सुरु भयो ।’

रेयानको एउटा भिडियो ८० करोडभन्दा बढीले हेरेका छन् । सुरुको १० महिनामै उनको युट्युब च्यानललाई १० लाखभन्दा बढीले सब्सक्राइब गरेका थिए । अहिले एक करोडभन्दा बढी सब्सक्राइबर पुगिसकेका छन् ।



  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार २०:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया