पतिले माग्दा मोबाइल नदिएपछि...

एजेन्सी– पति र पत्नीको सम्बन्ध भनेको एकअर्काको सबै कुरा सेयर हुने सम्बन्ध हो । तर, कहिलेकांही सामान्य कुराहरु पनि एकले अर्कोलाई बढी चासो दिएको आभास हुँदा त्यसले नराम्रो गर्न सक्छ । 

भारतको मुम्बईमा एउटा त्यस्तै घटना बाहिर आएको छ । मुम्बईको उपनगरीय चेम्बरु क्षेत्रमा एक महिलाले पतिले मोबाइल माग्दा नदिएपछि आफ्नो ज्यान नै गुमाउनु परेको छ ।

प्रहरीका अनुसार त्यहाँको एक कोलोनीमा बस्ने युवाले आफ्नी पत्नीसँग मोबाइल मागेका थिए । ४५ वर्षका जेम्स कुर्रैयाले मोबाइल नपाएको झोंकमा आफ्नी पत्नीलाई चक्कुले हानेर हत्या गरेका हुन् । पत्नीको मृत्यु भएपछि उनी भाग्न खोजेका थिए । तर, छिमेकीहरुले उनलाई पक्राउ गरेर प्रहरीमा बुझाइदिए ।





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १९:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया