कञ्चनपुरमा माओवादी–समाजवादी र एमालेका कार्यकर्ताबीच झडप, दुई जना घाइते

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा नेकपा (एमाले) का कार्यकर्ता र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

आसन्न स्थानीय तह चुनावको प्रचारप्रसारका क्रममा गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग भएको जम्काभेट झडप भएको हो ।

बुधबार चुनाव प्रचारप्रसारमा हिँडेका आफ्ना कार्यकर्तालाई माओवादी–समाजवादीका कार्यकर्ताले कुटपिट गरेको एमालेले आरोप लगाएको छ । 

‘हाम्रो टिम अटोमा माइकिङ गर्दै जाँदै थियो, त्यसै क्रममा उनीहरू (माओवादी–समाजवादी) को र्‍याली भेटियो,’ एमालेका नेता हिमाल चन्दले भने, ‘एक्कासि उनीहरूले माइक बन्द गर भन्दै कुटपिट गर्न थाले ।’

कुटपिटबाट प्रचारप्रसारमा खटिएका एमालेका अञ्जु कार्की र राजेन्द्र अवस्थी घाइते भएका छन् । उनीहरूको टाउको र छातीमा चोट लागेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले सामान्य हातपात भएको जानकारी दिए ।





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार १५:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया