बुटवलबाट ओलीलाई ५०० मोटरसाइकलको स्कर्टिङमा चितवनको कार्यक्रमस्थल पुर्‍याइँदै
फाइल तस्वीर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चुनावी दौडाहमा छन् । आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन सकाएर उनी रूपन्देहीमा आयोजित चुनावी सभामा सहभागी हुन पुगे । 

निर्धारित कार्यक्रमभन्दा निकै ढिलोगरी कार्यक्रममा पुगेका ओली यतिबेला चितवनको सभाका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । 

उनी रूपन्देहीको बुटवलबाट चितवनतर्फ लागेका हुन् । ओलीलाई लिनको लागि चितवनको कालिकाबाट पाँच सय मोटरसाइकलसहित युवाहरूको टोली भरतपुर विमानस्थल प्रस्थान गरेको छ ।  

भरतपुर विमानस्थलबाट स्कर्टिङ गरेर अध्यक्ष ओलीलाई कार्यक्रमस्थल नारायणगढको क्याम्पाचौरसम्म ल्याइनेछ । त्यसका लागि युवा संघका कार्यकर्ताहरू त्यसतर्फ प्रस्थान गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार १६:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया